एभरेष्ट बैंकको नाफा २ अर्ब ४९ करोड
ज्ञानमाण्डू। एभरेष्ट बैंकको नाफा १८.१४ प्रतिशतले घटेकाे छ । आ.व. २०७५/७६ को चाैथाे त्रैमास सम्ममा
बैङ्कले ३ अर्ब ५ करोड ४१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ४९ करोड ९९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८ अर्ब ५१ करोड २
लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट
बैंकले १ खर्ब ४३ अर्ब ५४
करोड ५४ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब १९ करोड ५३ लाख ७२
हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब १४ करोड ४९ लाख ३
हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ७२ कराेड ७५ लाख २७ हजार रूपैयाँ
रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड ४ लाख १२ हजार रुपैयाँ पुगेकाे छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ५ अर्ब ३१ करोड ४ लाख १२ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ६७ करोड ३१ लाख ६७
हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ०.२२ प्रतिशत छ ।
बैङ्कको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३८ पैसा छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ ८१ पैसा छ र
मूल्य
आम्दानी अनुपात २२.९८ गुणा छ ।
प्रतिकृया दिनुहोस्