Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

पूजापाठमै सिमित भयो यो वर्ष ‘गौरा’


ज्ञानमाण्डू।
भाद्र शुक्ल अष्टमीका दिनदेखि सुदूरपश्चिमवासीले उमा महेश्वरसहित दुवोको पूजा गरेर गौरा पर्व मनाइ रहेका छन् । गौरा शुरु भएको दिनदेखि तीन दिनसम्म सुदूरपश्चिममा गौरादेवीको धुमधामका साथ पूजाआजा गरिन्छ । आजको दिन यहाँका ब्रतालुले गौरादेवीको प्रशाद बिरुणा बितरण गर्न थालेका छन् । बिरुणा जति बढी मानिसलाई दिन सक्यो त्यतिनै धर्म मिल्छ भन्ने मान्यता छ । गौरादेवीलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा लिने गरेका छन् । विगतका वर्षमा गौरासम्बन्धि डेउडा प्रतियोगिता आयोजना गरिँदै आए पनि यो वर्ष कोरोनाको त्रासका कारण ती प्रतियोगिता आयोजना गरिएको छैन । कोरोनाको कहर सुदूरपश्चिममा कायमै रहेका कारण गौरादेवीको पूजा आज मात्रै गरिन थालेको छ ।

गौरासमबन्धि डेउडा खेल नखेलिए पनि यहाँका गाउँ घरमा गौरादेवीको पूजाआजा भने धुमधामका साथ गरिन थालिएको स्थानीयवासी बताउँछन् । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा सुदूरपश्चिम प्रदेशमा वर्षौ पहिलेदेखि यो पर्व मनाउन शुरु गरिएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले बताए । पुजारी भट्टले भने , “गौरादेवीको सुद्ध मनले पूजा गरे मनले चिताएको पुग्ने जनविश्वासका कारण यहाँका महिला आजको दिन गौरादेवीको पूजा गर्छन्, मनले चिताएको पनि पूरा हुने गरेको छ ।” गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, धानबाट बनेको सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुणा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर ब्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको दिपायल राजपुरका स्थानीयवासी यज्ञराज जोशीले बताए । 

आजको दिन यहाँका महिला आफ्ना सन्तान सुखी र पतिको दीर्घयुको कामनासहित पूजाआजा गदर्छन् भने अविवाहित स्त्री राम्रो पति तथा वर मिलोस् भन्दै ब्रत बसी पूजाआज गर्ने गरेको गौरापूजा गर्न लाग्नु भएकी दिपायल सिलगढी नगरपालिका–४ राजपुरकी स्थानीय तुलसी शाहीले बताएकि छन् । शाहीले भनिन् , “विवाहित स्त्री सन्तान सुखी र पतिको दीर्घयुका लागि आज पूजा गर्छन् भने अविवाहित स्त्री राम्रो योग्य वरका लागि ब्रत बस्ने गर्छन्, मागेको वर मिल्ने विश्वास छ ।” केराउ, जौ, मस्याङ, मास र गुराँसको दाना भाद्र शुक्ल पञ्चमीका दिन भिजाएर राखिन्छ, यसलाई बिरुणा भनिन्छ । अष्टमीमा गौरादेवीलाई पूजा गरेर प्रसादका रुपमा बिरुणा चढाइन्छ र भक्तजनलाई पनि प्रसादका रुपमा दिने चलन रहेको शाहीले जानकारी दिइन् । 

सुदूरपश्चिममा पर्व विशेष गरी विवाहित तथा अविवाहित नारीले मनाउने गरेका छन् । ब्रत गर्ने विवाहित नारी महिनावारी भएको खण्डमा उनका श्रीमानले श्रीमतीको नामबाट ब्रत गर्न मिल्ने भएका कारण कहि कतै पुरुषले पनि ब्रत गर्ने गरेको गड्सेराकी स्थानीय दुर्गादेवी विष्टले बताएकि छन् । विष्टले भनिन्, “श्रीमती महिनावारी भए श्रीमान्ले पनि ब्रत गर्न मिल्छ, श्रीमान पनि ब्रतमा बस्छैन् हामीले गरेको जस्तै पूजाआजा गर्छन् ।” भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको यहाँका गौरादेवीका पुजारी बताउँछन् । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । 

पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । गौरा पर्वमा सुुदूरपश्चिमवासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् । गौरा शुरु भएदेखि गाईदै आएका फाग, चैत, धुमारी र डेउडा खेलजस्ता लोक काव्यमा प्राचिन इतिहास लुकेको स्थानीय जानकार बताउँछन् । एर्कातिर देवीदेउताका चैत, फाग, धुमारी, डेउडा खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ भने अर्कोतिर नेपाल एकीकरणका वीरहरूका गाथा डेउडाका रुपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । बल, तील, गुभा, धान र धानमा भएको साउ अर्थात् एकप्रकारको घाँसका बोटबाट बनाइने गौरा र शिवका रुपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा छ । धुमारी र ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ ।रासस