Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

जुम्ला सदरमुकाम खलङ्गा अन्धकारमा

ज्ञानमाण्डू।जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन जडान गरेका थिए । मेसिन जडानकै क्रममा ठेकेदार पासी फरार भएपछि विद्युत् आपूर्ति बन्द भयो । चर्को विरोधपश्चात् ठेकेदार आएर टालटुल गरेर फर्र्किए तर एकदुई महिना नबित्दै लोडसेडिङ पुरानै अवस्थामा फर्कियो । मर्मतसम्भारका लागि नेपालस्थित भारतीय राजदूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । त्यसमा साना जलविद्युत् उपभोक्ता समितिले रु ४५ लाख २२ हजार ९०० थपेको थियो । नयाँ मेसिन जडानका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

ठेकेदारले जुम्लावासीलाई झुक्याएर नक्कली मेसिन जडान गरेकै कारण अँध्यारोबाट मुक्ति पाउन नसकिएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । एक दिन बिजुली आउने अनि दुई दिन नआउने क्रम भए पनि विगत दुई सातादेखि जुम्ला सदरमुकाम खलङ्गामा अनिश्चितकालीन लोडसेडिङ हुने गरेकोे छ । ‘प्रोग्राम लजिक कन्ट्रोल’ (पिएलसी) सफ्टवेयर बिग्रिएपछि अनिश्चितकालीन लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरण जुम्लाका प्राविधिक प्रमुख हेमन्त साहुले बताए । “पिएलसी सफ्टवेयरविना विद्युत् उत्पादन तथा आपूर्ति सम्भव छैन । यो सफ्टवेयर पनि तिनै ठेकेदार पासीले सञ्चालन गरेका हुन्”, प्रमुख साहुको भनाइ छ । साहुका अनुसार जलविद्युत्को सबै सिस्टम कन्ट्रोल गर्ने, पानी फलो गर्ने सबै काम पिएलसी सफ्टवेयरकै हो । ठेकेदार कम्पनीले नै आएर पिएलसी सफ्टवेयर चालू नगरेसम्म खलङ्गामा लोडसेडिङ कायम रहने साहुले बताए । 

ठेकेदार पासीकै शुभकामना जेभी कम्पनीले हाइड्रो मेकानिकल पार्टहरू मात्रै आपूर्ति गर्ने हो तर त्यसले हचुवाकै भरमा मेसिन जडान र सफ्टवेयर सञ्चालन गरेपछि पटकपटक विद्युत् सञ्चालनमा अवरोध हुँदै आएको छ । पासी नआएसम्म विद्युत् सञ्चालन मुस्किल भएको छ । कहिलेसम्म लोडसेडिङ हुने र कहिले ठेकेदार आउने कुनै टुङ्गो छैन । ठेकेदार पासीले सबै नक्कली सामानहरू मात्रै जडान गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ । रासस