Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

थपिए एक हजार ३५६ कोरोनाका सङ्क्रमित

ज्ञानमाण्डू। नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार १५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३५६ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १९३ र होम आइसोलेशनमा आठ हजार ९४९ जना रहेका छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर ८२३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा आज सात हजार १७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।  रासस

Ad After News Content

GME