Gyanmandu.com

Infolinks ad

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सहुलियत अनुदानले किसान खुशी

ज्ञानमाण्डू।सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए । कृषिप्रधान देशमा जनताले अपेक्षा गरे अनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ ।

अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए । किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोरै लगानीमा बढी उत्पादन हुने उन्नत जातको तरकारीको बीउ वितरण गरिएको बताए । नगरपालिकाका अनुसार तरकारीको बीउ रु पाँच लाख ३१ हजार ६७० मा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । कृषि विकास शाखाका यादवले धानको गबारो आदिको विषादी रु दुई लाख १८ हजारमा खरिद गरी २५ प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको छ । 

गत वर्ष पनि कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरेको थियो । कृषि विकास शाखाबाट वितरण गरिएको बीउ उन्नत जातको भएको र राम्रोसँग उत्पादन हुने विश्वास रहेको किसान हेमप्रसाद अधिकारीले बताए । कृषि विकास शाखाका प्राविधिकहरुले बेलाबेलामा किसानको खेतमा आई तरकारी बालीको निरीक्षण गरी सल्लाह सुझाव दिने गरेकोमा अधिकारीले खुशीसमेत व्यक्त गरे ।रासस 

Ad After News Content

GME

Enjoy Your Study