Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

आयोजनाबाट प्रभावित जनताका लागि सामुदायिक विकास कार्यक्रम

ज्ञानमाण्डू।तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गरिने भएको छ ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयवासीसँग छलफल गरेर सामुदायिक विकास कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा आयोजनाबाट सात वटा झोलुङ्गे पुल, २० वटा गोरेटो बाटो, नौ वटा दाहसंस्कार स्थल, दुई वटा विद्युत् वितरण लाइन र दुई वटा कुलो प्रभावित भएको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक परामर्शदाताका प्रशासकीय अधिकृत उद्धव पौडेलले जानकारी दिए । ती भौतिक संरचना निर्माण गर्दा करिब रु साढे दुई अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्ता भौतिक संरचना निर्माणमा स्थानीयवासीलाई विशेष प्राथमिकतामा राखिएको अधिकृत पौडेलको भनाइ छ । 

त्यसैगरी आयोजनाबाट प्रभावित एक हजारभन्दा बढी व्यक्तिलाई सीपमूलक तालीम प्रदान गर्ने योजना छ । अधिकृत पौडेलले भने , “उनीहरुको आयस्तर उकासिने किसिमका तालीम प्रदान गर्ने लक्ष्य छ ।” त्यसैगरी जिल्लाको भिमादनगरपालिका–५ साउनेपानी र ऋषिङपाटन जोड्ने अन्टयाङ खोलामा मोटरेबल पुल निर्माण गर्न लागिएको छ । पुलको डिजाइन र इष्टिमेट बनाउन थालिएको छ । उनले भने , “भिमाद नगरपालिका कार्यालयसँग समन्वय गरी काम गर्ने योजना रहेको छ ।” 

जिल्लालाई एक वर्षभित्र उज्यालो तनहुँ बनाउने गरी विद्युत् विस्तार कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ । ग्रामीण क्षेत्रका सबै घरधुरीमा बिजुली पुर्याउने गरी सवस्टेशन निर्माण र लाइन तान्ने कार्य भैरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।रासस 

Ad Below News Title

Mega Bank

Ad After News Content