Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई शपथ

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित नेतृत्वले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

महासङ्घको कार्यालय टेकुमा आयोजित समारोहमा अध्यक्ष राणाले नवनिर्वाचित अध्यक्ष शेखर गोल्छालाई शपथ खुवाउनुभयो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । 


 
आजदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य पदाधिकारी एवं सदस्यलाई शपथ गराउनुभएको हो ।

महासङ्घको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । महासङ्घको नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतपरिणाम आज बिहान सार्वजनिक भएको हो । रासस

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME