Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाहरुमा विशेष छुट

ज्ञानमाण्डू। मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
Muktinath Smart – Apps on Google Play
ब्लुक्रस अस्पताल त्रिपुरेश्वर, अस्पताल तथा स्वास्थ्य सेवामा १० प्रतिशत सम्म विशेष छुट,धुलिखेल माउण्टेन रिर्सोट, धुलिखेल होटल तथा रिर्सोटमा १० प्रतिशत छुट, स्तुपा रिर्सोट, नगरकोट, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट ,जम्बाला रिर्सोट, खोटाङ्ग, होटल तथा रिर्सोटमा १५ प्रतिशत छुट, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन, होटल, रिर्सोट तथा स्पामा १५ प्रतिशत सम्म छुट,ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्टमा १५ प्रतिशत छुट , देव कर्नर ज्वेलरी, काठमाडौं, गरगहना सम्बन्धी सेवामा ३० प्रतिशत सम्म छुट पाइने बैंकले जनाएको छ ।

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले माथि उल्लेखित व्यवसायिक संस्थाहरुबाट सेवा लिदा १० प्रतिशत र ३० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ ।

infolink

admana

Mega Bank

slc share training