प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब १ करोड, नाफामा ५४.२४ प्रतिशतकाे वृद्धि
ज्ञानमाण्डू। प्राइम कमर्सियल बैंकको नाफा ५४.२४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७
को पहिलाे त्रैमास सम्ममा बैङ्कले ६५ करोड ९७ लाख ६८ हजार रुपैयाँ नाफा
कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले १ अर्ब १ करोड ७६
लाख ३५ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्राइम कमर्सियल बैंकले १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३
अर्ब ४४ करोड ७२ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ५
अर्ब ४६ करोड ६५ लाख ४४ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब १२ कराेड ७ लाख ७७
हजार रूपैयाँ रहेको छ ।
As on 30th Ashoj 2077 BS
विवरण
|
प्रथम त्रैमास २०७७/७८ (रू हजारमा)
|
चुक्ता पुँजी
|
रू १३,९८,५२,५०
|
निक्षेप संकलन
|
रू १,२४,५०,८४,४९
|
कर्जा लगानी
|
रू १,१३,४४,७२,९६
|
खुद ब्याज आम्दानी
|
रू १,५५,०८,३७
|
नाफा/(नाेक्सान)
|
रू १,०१,७६,३५
|
जगेडा कोष
|
रू ५,४६,६५,४४
|
संचित मुनाफा
|
रू २,१२,०७,७७
|
निष्कृय कर्जा
|
१.३७%
|
प्रतिशेयर आम्दानी
|
२९ रुपैयाँ ११ पैसा
|
प्रतिशेयर नेटवर्थ
|
१५४ रुपैयाँ २६ पैसा
|
आम्दानी अनुपात
|
९.८६ गुणा
|
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४६.२४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ८ लाख ३७ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै
बैंङ्ककाे वितरण याेग्य मुनाफा ३३ कराेड ८४ लाख ४७ हजार रुपैयाँ र निष्कृय कर्जा
अनुपात १.३७ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ र मूल्य आम्दानी अनुपात ९.८६
गुणा छ ।
प्रतिकृया दिनुहोस्