सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय, खैरहनी चितवनमा
ज्ञानमाण्डू। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब खैरहनी नगरपालिकाको करदाता सेवा कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसंग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ५ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
प्रतिकृया दिनुहोस्