Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

माछापुच्छ्रे बैंक लि.को थप ६ शाखा रहित बैंकिंङ्ग सेवा सञ्चालनमा

ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिंङ्ग सेवा संचालनमा ल्याएको जनाएको छ । बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक न.पा.–०३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिंङ्ग सेवा सञ्चालनमा ल्याएको उल्लेख गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिंङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिंङ्ग सेवा १४८ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ । 

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिंङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME