Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

प्रभु बैंक डिबेञ्चर–२०८७ काे निष्काशन तथा विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स

ज्ञानमाण्डू। प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८७” निष्काशन गर्नको लागि श्री मेगा क्यापिटल मार्केट्स लि. लाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेड का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदय कान्त झाले हस्ताक्षर  गर्नुभएको हो । 



 

प्रभु बैंक लि. ले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन÷तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबर बाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । मेगा क्यापिटल मार्केट्स लि. निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. ४ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८७” को ट्रष्टीको रुपमा पनि मेगा क्यापिटल मार्केट्स लि. लाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि आजै हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८७” सार्वजनिक निष्काशन गर्न बैंकले जनाएको छ ।

Ad Below News Title

slc share training