सिटिजन्स बैंक इन्टरनेसनलको नाफा ८७ करोड माथि, कस्ता छन् अन्य सूचकहरू ?
ज्ञानमाण्डू।
सिटिजन्स बैंक इन्टरनेसनलको नाफा २७.२६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७
को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ६८ करोड ७७ लाख १ हजार रुपैयाँ नाफा
कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ८७ करोड ५१
लाख ९४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
९
अर्ब ८१ करोड ७० लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिटिजन्स बैंक
इन्टरनेसनलले १ खर्ब ५ अर्ब १७ करोड ८५ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८७
अर्ब ८७ करोड ५८ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३
अर्ब ४३ करोड ८० लाख ७२ हजार रुपैयाँ र संचित मुनाफा ८७ कराेड ६७ लाख ७८
हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.३९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ६१ लाख ६४ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै
बैंङ्ककाे वितरण याेग्य मुनाफा ८४ कराेड ८०लाख ४३ हजार रुपैयाँ र निष्कृय कर्जा
अनुपात २.४२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा छ
भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा छ र मूल्य आम्दानी अनुपात १६.५५
गुणा छ ।
प्रतिकृया दिनुहोस्