ग्लोबल आइएमई बैंकको १४औं वार्षिकोत्सवको अवसरमा ग्लोबल स्मार्टमा क्यासब्याक योजना
ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु लक्षित गरी क्यासब्याक योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ/ग्लोबल स्र्माट सेवा लिई हालसम्म कुनै प्रक्रारको कारोबार नगरेका ग्राहकहरुले ग्लोबल स्र्माट प्रयोग गरी प्रथम पटकको कुनै पनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) रु. ५० र क्यू आर मार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्नेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकको सुविधा र सन्तुष्टिलाई ध्यानमा राखी यस्ता विभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको कुरा जनाएको छ । यसका साथै ग्लोबल आइएमई बैंक आफ्ना समस्त ग्राहकहरुमा ग्लोबल स्मार्ट प्रयोग गर्दै बैंकलाई अनवरत रुपमा साथ दिँदै आएकोमा धन्यवाद दिनचाहेको कुरा जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १CDS Clearing काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ बैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहक तथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
प्रतिकृया दिनुहोस्