Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न

ज्ञानमाण्डू।ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा मिति २०७७ माघ १४ गते बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री हरि चन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको बैंकले जानकारी दिएको छ । कोरोना भाइरस (कोभिड-१९) महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको बैंकले जनाएको छ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७६ र ७७ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ तथा बैंकले १० प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुगेको बैंकले जनाएको छ ।

साथै, साधारणसभाले ज्योति विकास बैंक लि संस्थापक सेयरधनी समुहको तर्फबाट श्री हरि प्रसाद , श्री हरि चन्द्र खड्का ,श्री सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समुहको तर्फबाट श्री नरेश राज आचार्य र श्री ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको जानकारी दिएको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६ र ७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको व्यहोरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

IME

Enjoy Your Study

GME