Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ४.६३ प्रतिशत लाभांश पारित

 kamana sewa bikas bank

ज्ञानमाण्डू। कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको बैंकले जनाएको छ । सभा भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो ।

उक्त सभामा बैंकका अध्यक्ष सुदीप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गर्नुभएकाे थिए ।

सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ दशमलव ४० प्रतिशत बोनस शेयर र ० दशमलव २३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा बैंकले आ.व २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जिपि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको बैंकले जनाएको छ ।

Mega Bank

Ad After News Content