लोक सेवा आयोगको आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

ज्ञानमाण्डू।
लोक सेवा आयोगको कर्मचारीको आव्हान गर्दा दिइने आवेदनको शुल्क खल्ती
डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ । लोक सेवाले प्रकाशन गरेको
विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिने जनाएको छ ।
अनलाइनमार्फत
पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनु पर्ने
हुन्छ। पुरानो उम्मेदवारहरूले स्क्रिन नेम र पासवर्ड हालेर लगइन गर्न
सक्छन् ।
अनलाइनमार्फत
आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट
गर्नुपर्छ । खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि
तोकिएको शुल्क भुक्तानी गर्न सकिने लोक सेवाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्