Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा ६१ करोड

ncc bank
 
ज्ञानमाण्डू। नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नाफा १८.८२ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ७५ करोड ६३ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ६१ करोड ४० लाख ०४ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ९७ अर्ब ९५ करोड ६९ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ५२ करोड ५७ लाख ६३ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ४६ कराेड ४८ लाख ३३ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १३.२८ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ४२ लाख ९६ हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ४१ कराेड ६६ लाख ७५ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात २.४२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३८ पैसा र मूल्य आम्दानी अनुपात २५.२९ गुणा छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content