Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सनराइज बैंकद्वारा कन्ट्याक्टलेस ट्याप टू पे कार्ड सेवाकाे सुरुवात

sunrise bank
sunrise bank


ज्ञानमाण्डू। सनराइज बैंकले कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ ।

उक्त कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पीन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस कार्ड मार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने विश्वास रहेकाे बैंले जनाएकाे छ ।

उक्त कार्डबाट ट्याप एण्ड पे गर्न ट्याप सुविधायुक्त पीओएसको आवश्यकता पर्दछ । बैंकले हालको पीओएसलाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्त पीओएस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनी गरिसकेको छ । उक्त कार्ड ट्याप इनेबल्ड पीओएस मा ट्याप मार्फत र अन्य पीओएसमा स्वाप वा इनसर्ट गरी चलाउन सकिने बैंकले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त एनएफसी (नियर फिल्ड कम्युनिकेशन टेक्नोलोजी) कन्ट्याक्टलेश कार्ड मार्फत हाललाई बिना पीन अधिकतम २ हजार रुपैंयासम्मको कारोबार गर्न सकिने छ भने २ हजार रुपैंयाभन्दा बढीको कारोबार गर्दा पीन जरुरी हुन्छ ।

हालसम्म बैंकले १६० एटिएम, १३९ शाखा, २ हजारभन्दा बढि मर्चेन्ट नेटवर्क, ८ हजार रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको कुरा जनाएकाे छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content