सनराइज बैंकको नाफा ९४ करोड माथि, कस्ता छन् अन्य सूचकहरू ?
ज्ञानमाण्डू। सनराइज
बैंकको नाफा ०.५३ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास
सम्ममा बैङ्कले ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व.
२०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ
नाफा कमाएको देखिन्छ ।
९
अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सनराइज बैंकले ९२
अर्ब ४० करोड ७५ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ९६ करोड
७४ लाख ३४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ९१
करोड ९५ लाख रुपैयाँ र संचित मुनाफा ७९ कराेड ३४ लाख ९२ हजार रूपैयाँ
रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.३१ प्रतिशतले घटेर १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँ पुगेकाे छ ।
त्यस्तै
बैंङ्ककाे वितरण याेग्य मुनाफा २१ कराेड ३३ लाख ९० हजार रुपैयाँ रहेकाे छ र
निष्कृय कर्जा अनुपात १.०६ प्रतिशत छ । बैङ्कको प्रतिशेयर
आम्दानी २० रुपैयाँ १ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ३५ पैसा छ
र मूल्य आम्दानी अनुपात १३.४९ गुणा छ ।
प्रतिकृया दिनुहोस्