Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title


धितोपत्र बजारमा ४३.३६ अंकको वृद्धि, नेप्से परिसूचक २६१९.०३ को विन्दुमा


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले बढेर २६१९ दशमलव ०३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ४८ अंकले बढेर ४६३ दशमलव ५९ को विन्दुमा पुगेको छ ।



आज कूल २०९ कम्पनीका १ करोड १२ लाख ८१ हजार ६२५ कित्ता शेयर रु ६ अर्ब १६ करोड ६८ लाख ६१ हजार ५३७.५३ मा खरिद बिक्री भए । 



कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४० दशमलव ८६ अङ्कले बड्दा  होटल तथा पर्यटन ६३.२ अङ्कले, विकास बैंक ४२.९८ अङ्कले, जलवि द्धुत ३३.५२ अङ्कले, वित्त ९.३९ अङ्कले, निर्जीवन बीमा ३४९.६८ अङ्कले, उत्पादन ३१.८१ अङ्कले, अन्य उपसमूह २५.८२ अङ्कले, लघुवित्त २७.५९ अङ्कले, जीवन बीमा १६७.९६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव १२ अङ्कले र लगानी उपसमूह १ दशमलव ७९ अङ्कले बढेको छ भने यता ट्रेडिङ उपसमूह ९८ दशमलव ९९  अङ्कले घटेको छ ।


Sunrise Bank

Ad Below News Title

Ad After News Content

Bottom News Content

Bottom News Content