Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ८ गते, आईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ८७ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।



शुक्रबार चैत ६ गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


आईतबार सुनको मूल्यमा वृद्धि भएसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले उकालो लागेको देख्न सकिन्छ।

Ad Below News Title

Mega Bank

Ad After News Content