Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू. १० लाखको बीमा रकम भुक्तानी


ज्ञानमाण्डू।एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको बैंकले जानकारी दिएको छ । यस बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षिय श्री आरती मानन्धरज्यूलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले उल्लेख गरेको छ । 

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको जानकारी दिएको छ ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको जनाएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहक महानुभावहरूले पाउन सक्नुहुने बैंकले उल्लेख गरेको छ । 

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. २ करोड ६६ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको बैंकले थप जानकारी दिएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content