Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Landing Page, Road Block Admana

Global IME Bank

ad mana

एभरेष्ट बैंकको नाफा १ अर्ब ५० कराेड, १५ प्रतिशत सम्म लाभांश वितरण गर्न सक्ने क्षमता

  

ज्ञानमाण्डू। एभरेष्ट बैंकको नाफा ३५.९३ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को तेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ३५ कराेड २६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा बैंकले १ अर्ब ५० कराेड ७४ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

८ अर्ब ९३ कराेड ३७ लाख १७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैंकले १ खर्ब ५५ अर्ब ६५ करोड ५६ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ३७ करोड ५५ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ४२ करोड ३३ लाख ६६ हजार रुपैयाँ र संचित मुनाफा २ अर्ब ४० कराेड ८९ लाख १२ हजार रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३५.२५ प्रतिशतले घटेर २ अर्ब ८१ करोड ४३ लाख ४७ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ६ कराेड ५३ लाख ८६ हजार रुपैयाँ रहेकाे छ । उक्त वितरण याेग्य मुनाफालाई वार्षिक करण गर्दा एभरेष्ट बैंकले आफ्ना शेयरधनिहरूलाई १५ प्रतिशत सम्म लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ। 

बैंककाे निष्कृय कर्जा अनुपात ०.१२ प्रतिशत, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५० पैसा छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा रहेकाे छ ।

Ad Below News Title

Ad Inside News Content2

Admana

Energy Line

slc share training

below content