Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नबिल बैंकको Nabil SmartBank App मा Card Integration को सेवा सुभारम्भ


ज्ञानमाण्डू।आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले Nabil SmartBank App मा Card Integration सुविधाको सुरुवात गरेको जानकारी दिएको छ । यस सुविधा अन्तर्गत अब ग्राहक महानुभावहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता/निष्क्रियता तथा कार्ड मार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एप द्वारानै गर्न सक्ने नबिल बैंकले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले उक्त सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको जनाएको छ ।

सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content