Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

Muktinath Bikas Bank

नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक विच सम्झौता

ज्ञानमाण्डू । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का विच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको बैंकले जानकारी दिएको छ । मिति २०७७/१२/२० गतेका दिन एक कार्यक्रम विच उक्त संझौता सम्पन्न भएको बैंकले जनाएको छ ।



कार्यक्रममा आफ्ना मन्तब्य राख्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक श्री सुदिप फुयाल ज्यूले क्यूआर कोड तथा डिजिटल बैंकिङ्गको महत्व तथा फाईदाहरु बारे जानकारी गराउदै औषधी व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गर्नु भएको बैंकले उल्लेख गरेको छ ।

शुक्रबार लुम्विनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोह विच प्रभुका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गर्नु भएको बैंकले जानकारी दिएको छ ।



उक्त कार्यक्रमा बोल्दै नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायी विच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रबद्र्घनमा उल्लेख्य टेवा पुग्ने कुरा बताउनु भयो ।

प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल रानाले बैंकका विभिन्न सेवा सुविधाहरुको बारेमा प्रष्ट पार्नु भएको कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

Ad Below News Title

Mega Bank

Ad After News Content