Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको ग्राहकहरुलाई व्याजमा छुट


ज्ञानमाण्डू।हाल नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम गर्न लगभग नेपालभरि नै बन्दाबन्दीको अवस्था रहेको छ । वर्तमान बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको छ ।

आफ्ना सेवाग्राहीहरुलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्तभित्र भुक्तानी गर्नुपर्ने सम्पुर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाएमा सम्बन्धीत ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

सोही योजना अनुसार वक्यौता तिर्ने १७९ शाखा कार्यालयहरुका ४,६७६ ऋणी सदस्यहरुले यस संस्थालाई बुझाउनुपर्ने सम्पूर्ण रकम तोकिएको अवधि भित्र बुझाई यस योजनामा सहभागी भएकोमा उक्त सदस्यहरु प्रति संस्था हार्दिक आभार रहेको जनाएको छ । साथै, सदस्यहरुले उक्त योजनामा सहभागी भए वापत ब्याजमा जम्मा रु.१५,१८,२०२.४७ छुट पाएको लघुवित्तले जनाएको छ ।सदस्यहरुको ब्याजछुट रकम सम्बन्धीत ऋणीको बचत खातामा जम्मा गरिसकेको संस्थाले जनाएको छ ।

वित्तीय संस्थालाई आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ । गत त्रयमासको अन्त्य (चैत्र, २०७७) सम्ममा वित्तीय संस्थाले कुल १,३५,१९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको जनाएको छ । छोटो अवधिमै राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने निति तय गरी अघि बढिरहेको थप उल्लेख गरेको छ ।

साथी संगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने बताएको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्र्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

infolink

Mega Bank

slc share training