Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा २०.७१ अंकको वृद्धि, नेप्से परिसूचक २७५९.२१ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक केही अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७१ अंकले बढेर २७५९ दशमलव २१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४५ अंकले बढेर ४९२ दशमलव ५८ को विन्दुमा पुगेको छ ।


आज कूल २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर रु ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ९ दशमलव ०३ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ७.११ अङ्कले, जलविद्युत ६८.३३ अङ्कले, वित्त उपसमूह १२.४७ अङ्कले, निर्जीवन बीमा ३९.०९ अङ्कले, अन्य उपसमूह ५७.६४ अङ्कले, लघुवित्त उपसमूह १५.२२ अङ्कले, जीवन बीमा ११८.३९ अङ्कले सामूहिक लागनी कोष शुन्य दशमलव ०९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १४ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह १२.७९ अङ्कले घट्दा विकास बैंक उपसमूह ०.५५ अङ्कले र उत्पादन उपसमूह ४३.५६ अङ्कले घटेको छ।

Ad Below News Title

Mega Bank

Ad After News Content