Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यमा गिरावट


ज्ञानमाण्डू। नेपाली बजारमा निरन्तर उकालो लागेको सुनचाँदीको मूल्यमा आज भने गिरावट आएको छ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ५ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९३ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ ।



अघिल्लो कारोबारी दिन अर्थात मंगलबार जेठ ४ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट आएसँगै चाँदीको मूल्यमा पनि ओरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मंगलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँले घटेको देख्न सकिन्छ ।



infolink

Mega Bank

slc share training