Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा जेष्ठ २८ गते, बुक क्लोज कहिले ?



ज्ञानमाण्डू। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेष्ठ २८ गते, शुक्रबारका दिन २७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । इन्स्योरेन्सको सो सभा बिहान ११:०० बजे पश्चात् कम्पनीको प्रधान कार्यालय ,थापागाउँ , काठमाडौँमा भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ। इन्स्योरेन्सको बैशाख १७ गतेका दिन बसेको सञ्चालक समितिको २६३ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त कम्पनी स्वयंमले शेयरधनीहरुलाई 'अनलाइन लिंक (Online Link)' पठाउने व्यवस्था गरेको इन्स्योरेन्सले जानकारी दिएको छ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

विशेष प्रस्ताव तर्फ, सभामा कम्पनीले ३.७५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३% बोनसशेयर र कर प्रयोजनको लागि ०.७५% नगद लाभांश वितरण गर्न लागेको हो । 

त्यस्तै विशेष प्रस्तावहरुमा, हिमालयन जनरल इन्स्योरेन्सले अन्य कुनै संस्थाहरुसंग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा प्रवन्धपत्र र नियमावलीको संशोधनहरुमा नियमनकारी निकायहरुबाट कुनै फेरवदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही वमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

२७ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले मिति २०७८/०२/१३ गतेका दिनदेखि मिति २०७८/०२/२८ गतेसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०२/१२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

Ad Below News Title

Mega Bank

Ad After News Content