Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

मेगा बैंकले ल्यायो किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ ।



आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको बैंकले जनाएको छ ।

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा रहेको मेगा बैंकले जनाएको छ ।

infolink

Mega Bank

slc share training