Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

नेको इन्स्योरेन्सको १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव


ज्ञानमाण्डू।नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल जेठ ९ गते, आईतबारका दिन बसेको सञ्चालक समितिको ४०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १६ दशमलव ३२ प्रतिशतले हुन आउने रकम लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ दशमलव ५ प्रतिशतले हुन आउने रकम रकम बराबरको बोनस शेयर र ०.८२ प्रतिशतले हुन आउने रकम नगद लाभांश(बोनस शेयरमा लाग्ने कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । गत आर्थिक वर्ष नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ दशमलव १६ प्रतिशतले हुन आउने रकम नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।


infolink

Mega Bank

slc share training