Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम ११ अर्ब माथि


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अङ्कले गिरावट आएको छ । बुधबारका दिन नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर २७८० दशमलव ८१ को विन्दुमा कायम भएको छ । यस्तै, सेन्सेटिभ परिसूचक १ दशमलव ०८ अङ्कले घटेर ४९६ दशमलव १४ को विन्दुमा पुगेको छ ।  


आज कूल २१४ कम्पनीका २ करोड ५१ लाख २१ हजार ५५४ कित्ता शेयर रु ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ । आज बैंकिंग उपसमूह ७ दशमलव ३४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ३५ दशमलव ७२ अङ्कले, होटल तथा पर्यटन उपसमूह १४ दशमलव १२ अङ्कले, वित्त उपसमूह १ दशमलव ८५ अङ्कले र सामुहिक लगानी कोष उपसमूह शून्य दशमलव ०७ अङ्कले बढेको छ ।

आज लगानीकर्ताहरुको आकर्षण धेरै ट्रेडिङ उपसमूह र सामुहिक लगानी कोष उपसमूहमा रहेको देखिन्छ। ट्रेडिङ उपसमूह र सामुहिक लगानी कोष उपसमूह क्रमश: शून्य दशमलव ८६ प्रतिशतले र शून्य दशमलव ५१ प्रतिशतले वृद्धि भएका छन्। यता, जलविद्युत उपसमूहका लगानीकर्ताहरुले भने सर्वाधिक २ दशमलव ११ प्रतिशतका दरले गुमाएका छ।


कारोबारको आधारमा आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ५५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज २ दशमलव १९ प्रतिशतले घटेको छ । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज १ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ३ दशमलव ५४ प्रतिशतले वृद्धि भएको छ ।

यता राधि विद्युतको २९ करोड रुपैयाँ माथिको, सगरमाथा इन्स्योरेन्सको २२ करोड रुपैयाँ माथिको, सेनचुरी कमर्सियल बैंकको १९ करोड रुपैयाँ माथिको र हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्मेन्ट एण्ड डेभेलपमेन्ट, अरुण काबेली र सिभिल बैंक लिमिटेडको १८ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।


नेप्से परिसूचक शून्य दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा आज पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरी, रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्। गोर्खाज फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, कर्णाली डेभेलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ९ दशमलव ६२ प्रतिशतका दरले कमाएका छन्। आज वित्त उपसमुहका लगानीकर्ताहरुले शुन्य दशमलव १३ प्रतिशतका दरले कमाएका छन्।


आज नादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले ६ दशमलव ८८ प्रतिशतका दरले गुमाएका छन् । यता, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् भने नेपाल हाइड्रो डेभेलपर्स लिमिटेडका लगानीकर्ताले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५ दशमलव ६० प्रतिशतका दरले र रैराङ हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ५ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन्। आज जलविद्युत उपसमूहका लगानीकर्ताहरुले सर्वाधिक २ दशमलव ११ प्रतिशतका दरले गुमाएका छ।

infolink

Mega Bank

slc share training