Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

लुम्बिनी जनरल र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन पछिको भाउ कति ?


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार जेठ १४ गते, सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ। 

नेपाल स्टक एक्सचेन्जले शुक्रबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १२ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य १२०५ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर आईतबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता १३५० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२% बोनसशेयर र ३.७८९४% नगद लाभांश(बोनसशेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्दैछ।

जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आज जेठ १४ गतेका दिनदेखि जेठ २८ गतेसम्मका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति जेठ १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

नेपाल स्टक एक्सचेन्जले शुक्रबार सिद्धार्थ इन्स्योरेन्स संगै लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको जानकारी दिएको छ। नेप्सेले शुक्रबार लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको बोनस शेयर पछिको भाउ समायोजन गरेको जानकारी दिएको छ।

नेपाल स्टक एक्सचेन्जले शुक्रबार लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछिको भाउ समायोजन गरेको हो। शेयरमूल्य समायोजन पश्चात हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ७९१ रुपैयाँ निर्धारण भएको छ।

सोही मूल्यलाई आधार मानेर आईतबार लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार खुला हुनेछ । नेप्सेले इन्स्योरेन्सको अघिल्लो कारोबारी दिन अर्थात बिहीबारको अन्तिम कारोबार मूल्य धितोपत्र बजारमा प्रतिकित्ता ८३१ रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो ।

इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५% बोनसशेयर र ५% नगद लाभांश(बोनसशेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्दैछ।

जेठ २८ गते वार्षिक साधारण सभा बोलाएको लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले आज जेठ १४ गतेका दिनदेखि जेठ २८ गतेसम्मका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति जेठ १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

infolink

Mega Bank

slc share training