Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा ४२.७२ अंकको वृद्धि, नेप्से परिसूचक ३०२५.८२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५ दशमलव ८२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १० दशमलव ६ अंकले बढेर ५५० दशमलव ०१ को विन्दुमा पुगेको छ ।
 
आज कूल २२१ कम्पनीका ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता शेयर रु १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ५२ दशमलव ८२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १५८.०१ अङ्कले, वित्त उपसमूह २४.८१ अङ्कले, निर्जीवन बीमा ३०७.६८ अङ्कले, उत्पादन उपसमूह १४१.५१ अङ्कले, जीवन बीमा ८१.२१ अङ्कले र लगानी उपसमूह ३ दशमलव ५९ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह १४.८३ अङ्कले घट्दा विकास बैंक उपसमूह ५६.४१ अङ्कले, जलविद्युत ५.६७ अङ्कले, अन्य उपसमूह १२.३१ अङ्कले, लघुवित्त उपसमूह २५.५६ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०१ अङ्कले घटेको छ।

slc share training