Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण


ज्ञानमाण्डू।आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शनिबार हस्तान्तरण गर्नुभएको हो ।



यस अघि नेशलन बिजनेश इनिशिएटिभ र आइएमई फाउण्डेसनबीच शुक्रराज सरुवा रोग अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण उपलब्ध गराउने सम्झौता भएको फाउण्डेसनले उल्लेख गरेको छ । सोही अनुसार नेशलन बिजनेश इनिसिएटिभले अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण खरिद प्रक्रिया अगाडि बढाएको फाउण्डेसनले थप जानकारी दिएको छ ।

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाको लागि रु १,२८,००,००० (अक्षेरुपी रुपैंया एक करोड अठ्ठाइस लाख) बराबरको सहयोग उपलब्ध गराएको थियो ।

यसका अतिरिक्त आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारका लागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरिसकेको छ ।

slc share training