Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली


ज्ञानमाण्डू।मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रा.लि. सँग सहकार्य गरेर क्रेडिट एक्स (Credit X) नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । उक्त सेवाले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने बैंकले जनाएको छ ।

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी श्री अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष श्री विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने बैंकले जनाएको छ । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ बैंकले जनाएको छ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको बैंकले उल्लेख गरेको छ । उक्त स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको बैंकले जानकारी दिएको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउँने कुरा मेगा बैंक लिमिटेडले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । मेगा बैंकले हालै नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृति प्राप्त “ख“ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्था गाभेको छ । मेगा बैंक लिमिटेडको लगभग ८ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि १८० भन्दा बढि शाखाहरु रहेका छन् ।

एसबी सल्युसन प्रा.लि.ले हालसालै डिजी हब प्रा.लि. सँग पनि आफ्नो संस्था गाभेको छ । डिजी हब प्रा.लि (गैर आवासीय नेपाली) NRN ग्रुप द्वारा पदोन्नति गरिएको संस्था हो र यसले APIMS, 1 Link, Credit X जस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरुको विकास गरिरहेको छ । डिजी हबले Fintech र Lending डिजिटाइजेनको काम सँगैं क्रेडिट–एक्स (Credit X), अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, विक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिंग प्रणालीमा क्रेडिट र ग्यारेन्टीहरू स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल App जस्ता प्रडक्टहरु दिईरहेको छ । हाल थप ४० भन्दा बढि वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सल्युसन प्रा.लि. तथा डिजि हब प्रा.लि ले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।

Ad Below News Title

Mega Bank

Ad After News Content