Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने


ज्ञानमाण्डू।मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने जनाएको छ। 

यस अघि मिर्मिरे लघुवित्त वित्तीय संस्थाले प्रति शेयर अंकित मूल्य रु. १००/- का दरले ३७,२६० कित्ता साधारण शेयर (अकिंत मुल्यमा प्रिमियम थप गरी) सार्वजनिक निष्काशन गर्ने जनाएको थियो। लघुवित्तले त्यस पश्चात शेयर संख्या परिवर्तन गर्दै प्रति शेयर अंकित मूल्य रु. १००/- का दरले ५१,३१६ कित्ता साधारण शेयर (अकिंत मुल्यमा प्रिमियम थप गरी) कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने जानकारी दिएको छ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ । एफपीओ निष्काशन सम्बन्धी कार्यका लागि मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिच यस अघिनै सम्झौता भएको लघुवित्तले जनाएको छ ।



slc share training