Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा १३.९७ अंकको वृद्धि, नेप्से परिसूचक २९९४.५८ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९७ अंकले बढेर २९९४ दशमलव ५८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०२ अंकले घटेर ५६० दशमलव ९४ को विन्दुमा पुगेको छ ।

आज कूल २१९ कम्पनीका ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पांच उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १० दशमलव ८४ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह १९६ दशमलव ०२ अङ्कले, निर्जीवन बीमा १०१.४४ अङ्कले, उत्पादन उपसमूह ४१.२३ अङ्कले, अन्य उपसमूह १६.८७ अङ्कले, जीवन बीमा ५३.१५ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह १ दशमलव ५९ अङ्कले बढेको छ । यता, होटल तथा पर्यटन उपसमूह १६ दशमलव ०४ अङ्कले घट्दा विकास बैंक उपसमूह १८ दशमलव ३ अङ्कले, जलविद्युत १.५४ अङ्कले, वित्त उपसमूह २९.७९ अङ्कले र लघुवित्त उपसमूह ४.४२ अङ्कले घटेको छ।

Ad Below News Title

Mega Bank

Ad After News Content