Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा गिरावट, नेप्से ३०५०.४२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३०५० दशमलव ४२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ९३ अंकले घटेर ५७१ दशमलव १० को विन्दुमा पुगेको छ ।

आज कूल २२३ कम्पनीका ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर रु १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये पांच उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह ५५ दशमलव ०४ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १४ दशमलव १६ अङ्कले, जलविद्युत १०२.६५ अङ्कले, वित्त उपसमूह ६५.५३ अङ्कले, निर्जीवन बीमा १४.९३ अङ्कले, उत्पादन उपसमूह ८४.६८ अङ्कले, लघुवित्त उपसमूह ९८.१ अङ्कले र जीवन बीमा ६८.०७ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह शुन्य दशमलव ४३ दशमलव ५ अङ्कले घट्दा विकास बैंक उपसमूह ३४ दशमलव ३८ अङ्कले, अन्य उपसमूह १०.५१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव २६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १५ अङ्कले घटेको छ।

Mega Bank

Ad After News Content