Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा गिरावट, नेप्से २८२२.७३ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक
दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०४ अंकले घटेर ५२८ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

आज कूल २२४ कम्पनीका १ करोड ०० लाख ६३ हजार ६३६ कित्ता शेयर रु ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह १३२ दशमलव २ अङ्कले बढ्दा उत्पादन उपसमूह २३१ दशमलव ७४ अङ्कले, अन्य उपसमूह ८.७१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५९ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव ०२ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ५९ अङ्कले, विकास बैंक उपसमूह १०२.४२ अङ्कले, जलविद्युत ५३.६९ अङ्कले, वित्त उपसमूह ५७.०६ अङ्कले, निर्जीवन बीमा १५६.६२ अङ्कले, लघुवित्त उपसमूह ३४.१८ अङ्कले र जीवन बीमा १३६.२२ अङ्कले घटेको छ।

slc share training