Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

नेप्सेमा सिभिल लघुवित्तको ८१ हजार कित्ता बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहिबार, अषाढ २४ गतेका दिन सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहिबार सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ८१ हजार ८७६.७९५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।



सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३ दशमलव ५ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

Ad Below News Title

Mega Bank

Ad After News Content