Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

वालिङ्ग मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर


ज्ञानमाण्डू।माछापुच्छ्रे बैंक लि. ले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । बैंकले मिति २०७८/०४/०५ गते बाट संचालनमा ल्याएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँड ज्यूले समुद्घाटन गरेका हुन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्गजा जिल्लाको वालिङ्गमा सुरु गरेको उक्त काउण्टर मार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

slc share training