Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

सन्राइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी (Cardless Withdrawal) सुविधा


ज्ञानमाण्डू।आफ्ना ग्राहकहरुलाई समयसापेक्ष सेवा सुविधाहरु दिदै आएको सन्राइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी ATM Machine बाट रकम झिक्दै आएकोमा अब सन्राइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै ए.टि.एम बाट रकम झिक्न सक्नेछन् । 

यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो Sunrise Smart + (मोबाइल बैंकिङ्ग) प्रयोग गरी Cardless Withdrawal Option मा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली submit गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा OTP Code SMS मार्फत आउनेछ । सन्राइज बैंकको ए.टि.एम.मा गई  Cardless Withdrawal Option रोजी SMS मा आएको OTP Code को प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको इत्ए अयमभ भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।

नयाँ र अत्याधुनिक यस प्रबिधिको प्रयोगले भौैतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग ए.टि.एम मार्फत सजिलै रकम झिक्न सकिने छ । सन्राइज बैंकले यस अघि पनि missed call बाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा ए.टि.एम मार्फत लिन सक्नेछन् ।

slc share training