Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भदाै १५ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ९१ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात साेमबार भदाै १४ गतेका दिन, छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने सामान्य रकमले उेरालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ०५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन साेमबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको देख्न सकिन्छ ।

Mega Bank

Ad After News Content