Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

चाैथाे त्रैमास सम्ममा झन्डै ३ अर्ब नाफा कमाएको हिमालयन बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?


ज्ञानमाण्डू। हिमालयन बैङ्कको नाफा १५.९० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ५८ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले २ अर्ब ९९ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१० अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन बैङ्कले १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ९ अर्ब ३९ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ८० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २१.४३ प्रतिशतले घटेर ३ अर्ब ७८ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा २ अर्ब १६ कराेड रुपैयाँ रहेकाे छ अर्थात हिमालयन बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट २० प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.४८ प्रतिशत र प्रतिशेयर आम्दानी २८ रुपैयाँ ०६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८४ काे आधारमा मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेकाे छ ।

infolink

admana

Mega Bank

slc share training