Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

धितोपत्र बजारमा १.१८ अंकको वृद्धि, नेप्से परिसूचक २९७७.०२ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव १८ अंकले बढेर २९७७ दशमलव ०२ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव १६ अंकले बढेर ५५० दशमलव ६९ को विन्दुमा पुगेको छ ।


आज कूल २२६ कम्पनीका १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये नैँ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ७ दशमलव ८९ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १३० दशमलव ४३ अङ्कले, जीवन बीमा ७४.५९ अङ्कले र लगानी उपसमूह ०.०१ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ७ दशमलव ३४ अङ्कले घट्दा विकास बैंक उपसमूह ४० दशमलव १४ अङ्कले, जलविद्युत १९.९६ अङ्कले, वित्त उपसमूह ८७.८२ अङ्कले, निर्जीवन बीमा ६३.५९ अङ्कले, उत्पादन उपसमूह २.४२ अङ्कले, अन्य उपसमूह १.४४ अङ्कले, लघुवित्त उपसमूह ५.९४ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले घटेको छ।

Mega Bank

Ad After News Content