Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

धितोपत्र बजारमा २.७० अंकको वृद्धि, नेप्से परिसूचक २८१९.६६ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २८१९ दशमलव ६६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ९३ अंकले बढेर ५३० दशमलव ०३ को विन्दुमा पुगेको छ ।

 

आज कूल २२८ कम्पनीका १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार ०२९ मा खरिद बिक्री भए ।



कारोबार भएका कूल १३ उपसमूह मध्ये एधार उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ४७ दशमलव ३७ अङ्कले बढ्दा वित्त उपसमूह ८ दशमलव २ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ४५ दशमलव ०७ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ९७ दशमलव २७ अङ्कले, विकास बैंक उपसमूह ८०.४४ अङ्कले, जलविद्युत उपसमूह ७१.८ अङ्कले, निर्जीवन बीमा ९२.०४ अङ्कले, उत्पादन उपसमूह ८०.४ अङ्कले, अन्य उपसमूह २१.६१ अङ्कले, लघुवित्त उपसमूह ४६.७९ अङ्कले, जीवन बीमा उपसमूह ५१.०८ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह २.१६ अङ्कले घटेको छ।

infolink

admana

Mega Bank

slc share training