Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

श्रावण महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशत घट्यो


ज्ञानमाण्डू। चालु आर्थिक वर्षको श्रावण महिनामा विप्रेषण आप्रवाह ‘रेमिट्यान्स’मा १८ प्रतिशत अधिकले कमी आएको छ ।केन्दिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारीका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह चालु आर्थिक वर्षको पहिलो महिनामा १८.१ प्रतिशतले घटेर ७५ अर्ब ९६ करोड रुपैयाँमा सिमित भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो । चालु आर्थिक वर्षको श्रावणमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आई ६३ करोड ८२ लाख पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३,८०० पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भई ११,६२८ पुगेको छ । गत अ.वा.को श्रावणमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या संख्या ८०.० प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आई रु.८५ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।

स्रोत: नेपाल राष्ट्र बैंक 

infolink

admana

Mega Bank

slc share training