Gyanmandu.com

Gyanmandu LOGO

Reliable

ताजा

Ad Above News Title

ad mana

सर्वाधिक १०.०७ % ब्याज प्रदान गर्दै आएको सनराइज बैङ्कको Sunrise Payroll Loan सुविधा

sunrise bank

ज्ञानमाण्डू। नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको सन्राइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी Sunrise Payroll Loan योजना ल्याएको छ । यस योजना अन्तर्गत सन्राइज बैंकमा Sunrise Payroll Savings Account भएका कुनै पनि ग्राहकहरुले बिना धितो रु १५ लाख सम्मको कर्जा लिन सक्नेछन् । योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको (overdraft) र रु १० लाख सम्मको Term loan गरी अधिकतम रु १५ लाख सम्मको कर्जा लिन सक्ने छन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सन्राइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

infolink

admana

Mega Bank

slc share training